भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

विश्व बसोबास दिवस मनाइँदै

विश्व बसोबास दिवस मनाइँदै

काठमाडौं । सबैका लागि उपयुक्त आवास सुनिश्चित, दिगो शहरी विकास प्रवद्र्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रम मनाइँदै छ ।

सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (युएन ह्याविट्याट) को आह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

यस वर्षको नाराले शहरले बनोट, भवन तथा पूर्वाधार निर्माण, सवारी व्यवस्थापन, हरियाली क्षेत्र व्यवस्थापन आदि क्रियाकलाप गर्दा दिगो शहरीकरण तथा दिगो विकास लक्ष्यलाई ध्यानमा राखी न्यून कार्बन उत्सर्जन गर्नेगरी वातावरणमैत्री विकास गर्नुपर्नेमा जोड दिएको छ । वातावरणमैत्री शहरी विकास निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने विभागको भनाइ छ ।

विश्व बैंकको तथ्याङ्कअनुसार सन् १९९० देखि हालसम्म शहरी जनसङ्ख्या चारगुणाले बढेर ४।२ अर्बभन्दा धेरै पुगेको छ । शहरीकरणका कारण वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढी विश्व तापमान एक तिहाइभन्दा धेरै भएको विभागले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.