भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

उखुको मूल्य बढ्यो, तर कति ?

उखुको मूल्य बढ्यो, तर कति ?

काठमाडाैं । किसानलाई खेतीबाट विस्थापित गर्ने चाल खेलेको भन्दै उखु उत्पादक महासंघ सरकारले तोकेको मुल्यमा खेद प्रकट गरेको छ । सरकारले उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेको हो । यसअघिको भन्दा ८ रुपैयाँ प्रतिक्वीन्टलले मुल्य बढाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । लागत, ढुवानी र मुनाफा जाडेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको सिफारिस बुधबार मन्त्रिपरिषदमा पेश भएको थियो ।

नयाँ मूल्यमा लागत ३ सय ८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा रहेको मन्त्रालयकी उपसचिव एवं सहप्रवक्ता उर्मिला केसीले बताइन् । यस मुल्य प्रति उखु उत्पादक महासंघले आपत्ति जनाएको छ ।

चिनीको मूल्य एक किलोमा ३२ रुपैयाँले बढ्दा उखुको मूल्य भने निकै कम मात्रामा बढाउनु किसानलाई खेतीबाट विस्थापित गर्ने चाल भएको महासंघका अध्यक्ष कपिलमणि मैनालीको दावी छ । सरकार चिनी उद्योगीसामु झुकेको भन्दै नयाँ मूल्य स्वीकार नगर्न विभिन्न चिनीमिलहरुसँग छलफल तीव्र पारिएको र सोको घोषणा आइतबार गरिने मैनालीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.