ब्रेक फेल ट्रकले कलंकीमा हान्यो ८ सवारी साधनलाई, १ को घटनास्थलमै मृत्यु

ब्रेक फेल ट्रकले कलंकीमा हान्यो ८ सवारी साधनलाई, १ को घटनास्थलमै मृत्यु

काठमाडौं । कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पुर्‍याएको छ । घटनास्थलमै मृत्यु हुनेको पुरुषको पहिचान नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । सडक नजिकैको एउटा घरमा पनि क्षति पु¥याएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.