भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

उत्पादनका मुख्य-मुख्य साधनहरु सरकारको हुनुपर्छ : सांसद सुवाल

उत्पादनका मुख्य-मुख्य साधनहरु सरकारको हुनुपर्छ : सांसद सुवाल

भक्तपुर । नेपाल मदुर किसान पार्टीका सचिव एवंम् प्रतिनिधि सभमा सदस्य प्रेम सुवालले उत्पादनका मुख्य मुख्य साधनहरु सरकारको हुनुपर्ने बताएका छन् । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार भएको प्रवचन कार्यक्रम सांसद सुवालले समाजमा महिला र पुरुषलाई समानता ल्याउन उत्पादनका मुख्य मुख्य साधनहरु सरकारको हुनुपर्ने, समान वितरण तथा श्रम विभाजन हुनुपर्ने बताएका हुन ।

अन्तर्राष्ट्रिय महिला आन्दोलनमा महिला नेतृहरुको भूमिकाको विषयमा अध्ययन गर्नुपर्नेमा जोड दिदैै सांसद सुवालले समाजलाई बुद्धिजीवीकरण गर्न समाजलाई साक्षर होइन शिक्षित समाजको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजमा वर्ग रहेसम्म महिला शोषण अन्त्य नहुने बताए । उनले समाजवादी व्यवस्था कायम नभएसम्म महिला हिंसा र शोषणको अन्त्यको सम्भावना नरहेको तर्क गरे । कार्यक्रममा महिला तथा बालबालिका समितिका संयोजक रोशनमैंया सुवालले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा अधिकांश श्रमिक नेपाली महिलाहरू शिक्षाबाट वञ्चित हुनुपरेको बताइन ।

 


Thali Mobile Pvt.Ltd.