भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

न्यायपरिषद्मा जुहारी, प्रधानन्यायाधीशले बोलाएको बैठक अवज्ञा गर्न बारको निर्देशन

न्यायपरिषद्मा जुहारी, प्रधानन्यायाधीशले बोलाएको बैठक अवज्ञा गर्न बारको निर्देशन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्यायपरिषद् बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुरूलाई नेपाल बार एशोसिएसन निर्देशन गरेको छ ।

जबराको राजीनामा माग्दै आन्दोलनरत एशोसिएसनले परिषद् सदस्यहरुलाई पत्र लेखेर बैठकमा सहभागी नहुन निर्देशन दिएको हो । न्यायपरिषद् बैठकमा उपस्थित नभई अवज्ञा गर्न पत्रमा अनुरोध गरिएको छ ।

बैठकबाट प्रधानन्यायाधीश जबराले थप विकृति, विसंगतिजन्य कार्य गर्ने, गर्न लगाउने आशंका रहेको एशोसिएसनको ठहर छ ।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा प्रधानन्यायाधीश जबरा मुछिएपछि एशोसिएसनले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.