भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फ्लोइडको मृत्यु अक्सिजनको कमीले भएको चिकित्सकको विवादास्पद भनाइ

फ्लोइडको मृत्यु अक्सिजनको कमीले भएको चिकित्सकको विवादास्पद भनाइ

काठमाडौं । अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एक चिकित्सकले विवादास्पद धारणा सार्वजनिक गरेका छन् । छयालीस बर्षीय फ्लोइडका गत वर्ष प्रहरीले पक्राउ गर्ने क्रममा मृत्यु भएका अश्वेत अमेरिकी नागरिकको घटनाले विश्वव्यापी बहस सिर्जना गरेको थियो । उहाँलाई प्रहरीले पक्राउ गर्ने क्रममा भएको ज्यादतीको भिडियो सार्वजनिक भएसँगै अमेरिकासहित विश्वभर प्रहरी प्रशासनको फरक व्यवहार र रंगभेदलाई लिएर प्रदर्शन भएको थियो ।

प्रहरी अधिकारी चोभनका वकिलले फेन्टनायल नामक लागुऔषधका कारण फ्लोइडको निधन भएको दाबी गर्दै आएपनि गतवर्ष सामान्य बिवादमा प्रहरीले ८ मिनेटसम्म घुँडाले गर्धनमा थिच्दा फ्लोइडको मृत्यु भएको भन्ने धारणालाई अधिकांश अमेरिकी समाज तथा विश्व समुदायले विश्वास गरेको तथ्य विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रकाशित समाचारहरूले स्थापित गरेका छन् । फ्लोइडको हत्या अभियोग लागेका पूर्व प्रहरी अधिकारी डेरेक चोभनमाथि लागेको मुद्दाको सुनुवाइको क्रममा चिकित्सकले अक्सिजनको कमीका कारण उहाँको मृत्यु भएको बताउनुभएको हो ।

डा. मार्टिन टोबिनले फेन्टनायलका कारण नभइ पक्राउ पर्ने क्रममा अक्सिजनको अभावका कारण मृत्यु भएको बताएपछि यस बिषयले फेरि एक पटक सामाजिक सञ्जालहरूमा उच्च स्थान पाएको छ । सुनुवाइको पहिलो दिन अभियोजनकर्ताको तर्फबाट फ्लोइडलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर दिएको यातानको भिडियो प्रशारण गरिएको थियो । पीडित पक्षले हत्यामा संलग्न पूर्व प्रहरी अधिकृतलाई हदैसम्मको कारवाहीको माग गरेका छन् । सो मुद्दामा अब निरन्तर सुनुवाइ हुने सरकारी अधिकारीहरुले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.