भर्खरै : Sorry, your browser does not support inline SVG.
म्याग्दीको सिरुवारीमा पहिरो : बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यातायात ठप्प | तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | क्यान्सर अस्पतालमा औषधि अभाव | अमेरिका–इरान तनाव फेरि चर्कियो : नयाँ हवाई आक्रमणपछि युद्धविराम संकटमा, होर्मुज र आणविक वार्ता थप पेचिलो | उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा |

उपत्यकाका थप १११७ सहित नेपालमा संक्रमितको संख्या ८४ हजार ५ सय नाघ्यो

उपत्यकाका थप १११७ सहित नेपालमा संक्रमितको संख्या ८४ हजार ५ सय नाघ्यो

काठमाडौँ । उपत्यकामा १ हजार ११७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा काठमाडौँ जिल्लामा मात्र १ हजार १ सहित उपत्यकामा १ हजार ११७ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

काठमाडौँमा ४०५ महिला र ५९६ पुरुषसहित १ हजार १ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुरमा ३५ महिला र ३२ पुरुषसहित ६७ जनामा कोरोना संक्रमण भएको छ । ललितपुरमा ४७ महिला र ६२ पुरुषसहित १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।

एकैदिन २ हजार ४४ जनाले कोरोनाले जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ । अहिले २१ हजार ३०२ जनामा सक्रिय संक्रमण छ ।

उनीहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ४ हजार २७३ जना क्वारेन्टिनमा छन् भने २१ हजार ३०२ जना आइसोलेसनमा छन् ।

 


Thali Mobile Pvt.Ltd.