भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

उपत्यकामा हैजाले खतराको घण्टी बजायो, दैनिक हैजाका बिरामी पुष्टि हुँदै

उपत्यकामा हैजाले खतराको घण्टी बजायो, दैनिक हैजाका बिरामी पुष्टि हुँदै

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ । पछिल्लो समय काठमाण्डौको कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएसंगै हैजाका विरामीको संख्या २७ पुगेको हो । काठमाण्डौ उपत्यकामा हैजाका बिरामी बढ्दै गएपछि चिन्ताको विषय बनेको छ ।

खानपान र सरसफाइमा ध्यान नदिए प्रकोपकै रुपमा फैलने भन्दै सचेत रहन र परीक्षण नगराएका अरू व्यक्तिलाई पनि हैजा हुनसक्ने भएकाले सचेत रहन डाक्टरको सुझाव छ । भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा दूषित पानी वा खाद्यवस्तुबाट सर्ने भएकाले हैजाबाट बच्ने उपाएको अबलम्बन गर्न डाक्टरहरुको आग्रह छ ।

प्राथमिक उपचारका क्रममा घरमै जीवनजल र झोलिलो नुनिलो खानेकुरा खान सकिन्छ । उमालेको वा शुद्धीकरण गरिएको पानी पिउन, स्वस्थ खानेकुरा खान र दिसा गरेपछि र खाना खानुअघि राम्रोसँग साबुन पानीले हात धुन डाक्टरको सल्लाह छ । सङ्क्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ ।

तारन्तार चौलानी जस्तो सेतो पानीसहित दिसा लाग्ने, वान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन् ।  यस्ता लक्षण देखिनासाथ घरमै प्राथमिक उपचार सुरु गरी तुरुन्त अस्पताल जान पनि डाक्टरको सुझाव छ । पछिल्ला दिनमा दैनिक रूपमा हैजाका बिरामी पुष्टि हुँदै गएको र थप सावधानी अपनाउनुपर्ने देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.