उपत्यका प्रवेशमा कडाई, एन्टीजेन परीक्षण नगरे प्रवेशमा रोक

उपत्यका प्रवेशमा कडाई, एन्टीजेन परीक्षण नगरे प्रवेशमा रोक

काठमाडौं । उपत्यका प्रवेशमा कडाई गरिएको छ । अब अनिवार्य एन्टीजेन परीक्षण गरेर मात्र प्रवेश गुर्न पर्ने भएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो ।

काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्‍यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत निर्देशन दिएको छ।

सबै नगरपालिकाहरुमा सञ्‍चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आफ्नो नगरपालिका भित्र एक–एक वटा आइशोलेसन र क्वारेन्टाइनको व्‍यवस्थापन गर्न अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.