कैलालीमा दोहोरो भिडन्त, प्रहरी गोली चलाउन बाध्य

कैलालीमा दोहोरो भिडन्त, प्रहरी गोली चलाउन बाध्य

कैलाली । नेपाल–भारत सीमा नाकामा लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

भजनी नगरपालिका मोरियाघाटस्थित सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच सोमबार साँझ गोली हानाहान भएको बताए । भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भएको प्रहरी निरीक्षक थापाले बताए । बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि गोली चलाइएपछि प्रहरीले पनि जवाफी फायर गरेको उनको भनाईछ ।

 


Thali Mobile Pvt.Ltd.