भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

उसु प्रतियोगिताका विजयीलाई पदक वितरण

उसु प्रतियोगिताका विजयीलाई पदक वितरण

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा पद्म मा.वि.को प्रा·णमा भएको नगरब्यापी विद्यालयस्तरीय उसु प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका छन् ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र समेत वितरण गरियो । ब्वाइज् तिलूमा जेसिस् ई. स्कूलका समिट श्रेष्ठ, लिटिल वल्र्ड स्कूलका एलेक्स सुवाल र जेसिस् ई. स्कूलका उत्सब खाईतु क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने गल्र्स तिलूमा जेसिस् ई. स्कूलका अदिति बिरवल, मतिना कोजू र उजा नापित क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए ।

ब्वाइज् सान्चो २५–३० केजी तौल समूहमा जेसिस् ई. स्कूलका रिडम लामा, जनिथ कोजू, रेमण कोजू क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने गल्र्स सान्चो २५–३० केजी तौल समूहमा मेधा माविका आयुश्री शिल्पकार, ज्ञान विजय माविका सृजना क्षेत्री र हिमालयन स्कूलका कृजना कुचुमणी क्रमशः प्रथम,द्वितीय र तृतीय हुन सफल भए ।

ब्वाइज् सान्चो ३०–३५ केजी तौल समूहमा जेन्यूइन ई. स्कूलका दिब्यांसु सुवाल, जेसिस् ई. स्कूलका समिर गोर्खाली र निग्मा लामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए । गल्र्स सान्चो ३५–४५ केजी तौल समूहमा जेसिस् ई. स्कूलका कृति थापा, रजिशा कोजू र अनुष्का विखल क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।

ब्वाइज् सान्चो ४०–४८ केजी तौल समूहमा जेसिज् ई. स्कूलका अनुज धौभडेल, पद्म माविका धिरज कुमार मण्डल र विशेष खर्बुजा क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने ४८–५२ के.जी तौल समूहमा जेजिस् ई. स्कूलमा कृतिन सुवाल प्रथम, पद्म माविका विशेष मोक्तान द्वितीय हुन सफल भए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि छात्रतर्पm श्री पद्म माविका धिरज कुमार मण्डल र छात्रातर्पm जेसिस् ई. स्कूलका अदिति बिरवलले प्राप्त गर्न सफल भए । कार्यक्रमको समापन भनपाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सोही दिन सम्पन्न भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.