भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ऊविका दैलेखका प्रमुख इन्जिनियरसहित ४ जना घुस खाँदाखादै रंगेहात पक्राउ

ऊविका दैलेखका प्रमुख इन्जिनियरसहित ४ जना घुस खाँदाखादै रंगेहात पक्राउ

१७ असार २०७७ दैलेख । दैलेखमा चार जना घुस खाँदाखादै रंगेहात पक्राउ परेका छन् ।

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका निमित्त प्रमुख इन्जिनियर टोपेन्द्र सुन्दर मल्ल र सबइन्जिनियर वीरेन्द्र चन्द २ लाख ४१ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन । भगवतीमाई गाउँपालिका ३ सानटडा खोला तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख ४१ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।

घुस लिँदै गरेको अवस्थामा इन्जिनियर टोपेन्द्र सुन्दर मल्ल र सबइन्जिनियर वीरेन्द्र चन्दको बयानको आधारमा सबइञ्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डे पनि पक्राउ परेका छन् । घुस लिने कुराको सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेर पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.