काठमाडौं । २४ घण्टामा नेपालमा थप ४३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एकै दिन यति धेरै संक्रमण पुष्टि भएको नेपालमै पहिलो पटक हो ।देशभरमा १८ हजार ४७३ पीसीआर परीक्षण गर्दा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार थपिएकासहित नेपालमा कूल संक्रमितहरुको संख्या ९८ हजार ६१७ पुगेको प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताए ।नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले बताए अनुसार बिहीबार देशभरमा सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ। २४ घण्टामा थप जना २ हजार ६७५ कोरोना संक्रमित व्यक्तिहरु निको भएर डिस्चार्ज भएका सहित डिस्चार्ज हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ।
त्यस्तै बिहीबार थप १२ जना संक्रमितको निधन भएसंगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५९० पुगेको छ ।अहिले आइसीयूमा २३५ जना र भेन्टिलेटरमा ४२ जना संक्रमितहरुको उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हेर्नुहोस भिडियो…
https://www.facebook.com/Kailashkhabarnews/videos/761666821080266/
विवरण… 


