भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

एक हप्ता युद्धबिराम लागू गर्ने सुडानमा युद्धरत दुई पक्षबीच सहमति

एक हप्ता युद्धबिराम लागू गर्ने सुडानमा युद्धरत दुई पक्षबीच सहमति

एजेन्सी । एक हप्ताका लागि युद्ध बिराम लागू गर्ने सुडानमा युद्धरत दुई पक्षबीच सहमति भएको छ । युद्ध बिरामका साथै शान्तिवार्ताका लागि आ–आफ्नो पक्षबाट प्रतिनिधि पठाउन समेत सरकारी सैनिक र आरएसएफ तयार भएको हो । युद्ध बिराम यहि मे ४ तारिखदेखि लागू हुने जनाइएको छ ।

युद्धरत सरकारी सेना र अर्धसैनिक बल आरएसएफबीच एक हप्ताका लागि युद्ध बिराम लागू गर्ने सहमति भएको हो । दुवै पक्षबीच यसअघि भएका युद्ध बिरामका कुनै पनि सहमति कार्यान्वयन भएका थिएनन् । सुडानको सेना र अर्धसैनिक बल प्यापिड सपोर्ट फोर्स (आरएसएफ) को नेतृत्वबीच शक्ति बाँडफाँटको विषय नमिल्दा गत अप्रिल १५ देखि दुवै सुरक्षा निकायबीच लडाइँ सुरु भएको थियो ।

दुवै सुरक्षा निकायबीच लडाइँ सुरु भएको सोमबार १८ दिन भइसकेको छ । दुवै पक्षले एक अर्कालाई युद्ध बिराम सम्झौता तोडेको आरोप लगाउँदै आएका छन् । सुडानको सेना र अर्धसैनिक बल आरएसएफबीच गत गत अप्रिल १५ तारिखदेखि सुरू भएको द्वन्द्वका कारण हालसम्म करिब ५ लाख सुडानी नागरिक घरबार विहीन भएका छन् । १ लाख भन्दा बढीले देश छाडिसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.