भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

एनआएनए अध्यक्षको औपचारिक उम्मेदवारी घोषणा गर्दै कुल आचार्य

एनआएनए अध्यक्षको औपचारिक उम्मेदवारी घोषणा गर्दै कुल आचार्य

काठमाडौं । कात्तिक ३ (अक्टोबर २) मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआएनए) को निर्वाचनमा अध्यक्षका लागि कुल आचार्यले औपचारिक उम्मेदवारी घोषणा गर्ने भएका छन् । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्थाका रुपमा परिचित एनआरएनएको चुनाव आउनुअघि नै नेतृत्वका लागि तीव्र लबिङ भइरहेको छ ।

बेलायतमा मूलतः रेस्टुरेन्ट व्यवसायमा जमेका आचार्यले अध्यक्ष पदका लागि औपचारीक उम्मेदवारी घोषणा गर्न लागेका हुन । आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए । सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य र युरोप संयोजक हुँदै सन् २०१७–१९ मा संघको उपाध्यक्ष बनेका थिए ।

पर्वतको जलजलामा जन्मिएका आचार्यले यसअघि एनआरएनएका विभिन्न पदमा रहेर काम गरिसकेका छन् । उनी सन् २००३ देखि गैरआवासीय नेपाली सङ्घको अभियानमा आवद्ध छन् । आचार्यले उम्मेदवारी घोषणा गर्नुअघि गृहजिल्ला पर्वत पुगेर आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका थिए । जसअनुसार उनले ८५ देशमा रहेका ८० लाख गैरआवासीय नेपालीको भावनाअनुसार संस्थालाई मर्यादित र विश्वमै प्रतिष्ठित बनाउने प्रतिवद्धता जनाएका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.