भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

एमसीसीविरुद्धकाे प्रदर्शनमा व्यापक प्रहरी दमन, दमनकारी प्रहरीलाई कारबाही गर्न नेमकिपाको माग

एमसीसीविरुद्धकाे प्रदर्शनमा व्यापक प्रहरी दमन, दमनकारी प्रहरीलाई कारबाही गर्न नेमकिपाको माग

काठमाडौ । एमसीसी परियोजना खारेजीको माग गर्दै विरोधमा उत्रिएको युवा विद्यार्थीको र्‍यालीमा प्रहरीले व्यापक लाठी प्रहार गरेको छ ।

सोमबार राजधानीमा नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा सङ्घको आयोजना भएको विरोध प्रदर्शनमा प्रहरीले दमन गरेको हो ।

त्रिवि शिक्षण अस्पतालको पश्चिमा अवस्थित गल्लीमा प्रदर्शन गरिरहेका उनीहरुलाई प्रहरीले लाठ्ठी चार्ज गर्दा कार्यकर्ता कृष्णप्रसाद दुमरु गम्भीर घाइते भए । प्रहरीले दुमरुको टाउको फुटाएको छ । गम्भिर घाइते उनको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दमनमा भक्तपुर नपा वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, युवाहरू कृष्णप्रसाद कोजू, जगतराम धुख्वा, रत्ना चवाल, श्याम बासुकला, रामेश्वर रानामगर, दिनेश विक लगायत दर्जनौं घाइते भएका छन् ।

रत्नपार्कबाट सुरु भएको जुलुस अमेरिकी दुतावास जादै गर्दा प्रहरीले अन्धाधुन्द लाठ्ठी प्रहार गरेको हो नेक्राविसंघले जनाएको छ । दमनकारी प्रहरीलाई कारबाही गर्न नेमकिपाले माग गरेको छ । कारबाही नगरे चुनाैतीकाे सामना गर्न चेतावनी दिएकाे छ ।

तस्बीरमा हेर्नुहाेस्…niru

 


Thali Mobile Pvt.Ltd.