भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

कुशे औँसी दिन आज पितृ सम्मान गरेर धुमधामकासाथ दिवस मनाइँदै

कुशे औँसी दिन आज पितृ सम्मान गरेर धुमधामकासाथ दिवस मनाइँदै

काठमाडौं । भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर यो दिवस मनाउँदैछन् ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास अनुसार आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ । कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानेर पुजा गर्ने चलन पनि छ ।

यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्ने जोखिम कायमै रहेकाले मन्दिर क्षेत्र पूर्णरूपमा सिल गरिएको छ।

मन्दिर छिर्ने चारवटै नाकामा प्रहरी राखिएको गोकर्णेश्वर नगरपालिका ४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा लाग्ने मेला पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ । गोकर्णेश्वर नगरपालिकाले सुरक्षितरूपमा घर(घरमै पितृ सम्मान दिवस मनाउन आह्वान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.