भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

एमसीसी सम्झौता खारेजीको माग

एमसीसी सम्झौता खारेजीको माग

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापनकहरूले नेपाल सरकारले संयुक्त राज्य अमेरिकी कम्पनी एमसीसीसंग गरेको सम्झौता खारेजीको माग गरेका छन् । नेपाल प्राध्यपाक समाज (नेप्रास) मध्यपश्चिम विवि एकाइ समितिले गरेको एक अन्तरक्रियामा वक्ताहरूले एमसीसी सम्झौताले नेपालको सार्वभौम अस्तित्व समाप्त पार्ने धारणा राखेका हुन ।talk program

नेप्रासका अध्यक्ष सरोजराज गोसाईले एमसीसी अमेरिकाको हिन्दप्रशान्त सैन्य रणनीतिअन्तर्गत प्रस्ताब गरिएको परियोजना भएको भन्दै अमेरिकी सेनाले नेपालमा परेड खेल्ने र नेपाल युद्धभूमिमा परिणत हुने विचार बताए । उनले नेपालको विकास नेपालीकै पैसाले गर्न सकिने भन्दै विदेशीको हात थापेर नेपालको विकास सम्भव नभएको विगतबाट पुष्टि भएको तर्क गरे ।

केन्द्रीय अध्यक्ष गोसाईले नेका, एमाले, माओवादीजस्ता शासक पार्टी सबै एमसीसीकै पक्षमा भएको उल्लेख गर्दै एमसीसी पक्षधरहरूलाई जनताले सजाय दिने जिकिर गरे । मध्यपश्चिम विविको मानविकी सङ्कायका पूर्व डीन कमलेश डीसीले संरा अमेरिकाले आफ्नो प्रभुत्व लाद्न खोजेको भन्दै नेपालको संसद्बाट पारित गर्नु नै अमेरिकी दबनियत भएको बताए ।

उनले एमसीसी सम्झौता गर्नहरू संसद्बाट पारित गर्नेमा विश्वस्त नभएको भन्दै जनविरोध थेग्न नसेकेकै कारण एमसीसी पारित गर्न सरकारपछि हटेको बताए । मध्यपश्चिम विविका उपप्राध्यापक डा. पुष्पराज आचार्यले विदेशी भनेपछि हिनतावोध गर्ने संस्कृतिको कारण नेपाली अपमानित हुनुपरेको बताए । नेपालको सुरक्षासंग जोडिएको विषयमा नेपाली गम्भीर हुनुपर्ने उनले बताए ।

नेमकिपा, सुर्खेतका सदस्य गणेश खड्काले भारतलाई प्रयोग गरी नेपालबाट चीनलाई हान्ने उद्देश्यले नेपालमा एसीसी परियोजना ल्याइएको बताए । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङले एमसीसी सम्झौताबारे पावरप्वाइन्ट प्रस्तुति राख्दै देशको सार्वभौमिकता रक्षाको निम्ति युवाविद्यार्थी सङ्घर्ष गर्न तयार रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.