एमसीसी सम्झौता लागू गर्नुपर्छ: उर्जामन्त्री रायमाझी

एमसीसी सम्झौता लागू गर्नुपर्छ: उर्जामन्त्री रायमाझी

काठमाडौँ । मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता लागू गर्नुपर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बताएका छन् ।

आइतबार पदभार ग्रहण गरेपछि मन्त्री रायमाझीले सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु भए सच्याउन सकिने भन्दै सैन्य आक्रमणको भ्रम नगर्न आग्रह गरे । उनले मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन समेत दिए।

 


Thali Mobile Pvt.Ltd.