भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

एमालेको मतदान सकियो, अब मतगणनाको तयारी

एमालेको मतदान सकियो, अब मतगणनाको तयारी

चितवन । नयाँ नेतृत्व चयन गर्नका लागि भएको नेकपा एमालेको महाधिवेशनको निर्वाचन सकिएको छ । करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । खसेको मत विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी रहेको छ ।

२ हजार १ सय ५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको निर्वाचन समितिका एक सदस्यले बताए । विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

मंगलबार बिहान ४ः०० बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको हो । रातभर जाग्राम बसेका प्रतिनिधिहरु बन्दसत्रमा मत खसाल्न लालायित भएका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले पनि भोट मागेका थिए ।

बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि निर्वाचन भएको हो । सुरुमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान गरेका थिए । अध्यक्षमा ओली र भीम रावलबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.