भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमालेको मतदान सकियो, अब मतगणनाको तयारी

एमालेको मतदान सकियो, अब मतगणनाको तयारी

चितवन । नयाँ नेतृत्व चयन गर्नका लागि भएको नेकपा एमालेको महाधिवेशनको निर्वाचन सकिएको छ । करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । खसेको मत विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी रहेको छ ।

२ हजार १ सय ५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको निर्वाचन समितिका एक सदस्यले बताए । विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

मंगलबार बिहान ४ः०० बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको हो । रातभर जाग्राम बसेका प्रतिनिधिहरु बन्दसत्रमा मत खसाल्न लालायित भएका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले पनि भोट मागेका थिए ।

बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि निर्वाचन भएको हो । सुरुमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान गरेका थिए । अध्यक्षमा ओली र भीम रावलबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.