भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

एमाले महाधिवेशनमा अहिलेसम्म ९ करोड खर्च

एमाले महाधिवेशनमा अहिलेसम्म ९ करोड खर्च

चितवन । नेकपा एमालेको महाधिवेशन दुई दिन लम्बिँदा डेढ करोडबढी खर्च भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म तय भएको समयसीमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन नसकेपछि दुई दिन लम्बिएको हो ।

दुई दिन महाधिवेशन लम्बिँदा करिब १ करोड ५० लाख बढी खर्च भएको जानकारी प्राप्त भएको छ । यकिन विवरण प्राप्त हुन नसकेपनि अहिलेसम्म महाधिवेशनमा करिब ९ करोड खर्च भएको छ ।

महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सक्ने तयारी एमालेले गरेको छ । एमालेको महाधिवेशन उद्घाटन चितवनस्थित नारायणी नदी किनार र बन्दसत्र सौराहामा भएको थियो । महाधिवेशनमा एमालेका २१५३ प्रतिनिधि सहभागी भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.