भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

एमाले र गैंडा एउटै होः भट्टराई

एमाले र गैंडा एउटै होः भट्टराई

चितवन । जंगली जनावर गैंडा र एमाले प्रवृत्ति समान रहेको नेकपा एमाले सचिव योगेश भट्टराईले बताएका छन् । जाइलाग्नेलाई नछाड्ने समानता रहेको भन्दै चेतावनी दिए ।

प्रेस चौतारी नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्काए परिणाम राम्रो नआउने चेतावनी दिए । हालै सम्पन्न पार्टीको १०औँ महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा भएका आलोचना र टिप्पणीलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन ।

एमालेको शक्ति प्रदर्शनले महाधिवेशनबाट एकताबद्ध भएर अघि बढेको बताए । अबको सरकार एमालेको हुने भन्दै उनले पाँच दलीय गठबन्धनका कारण देशमा बेथिति बढेको दाबी गरे ।

 


Thali Mobile Pvt.Ltd.