भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालमा भेटियाे कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

नेपालमा भेटियाे कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि गरेको छ । मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले स्वास्थ्य मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा ओमिक्रोनको संक्रमण पुष्टि भएको बताएका हुन् ।

मन्त्रालयका अनुसार गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेका थिए ।

मन्त्रालयको रिपोट अनुसार मंसिर ७ गते गरिएको परिक्षणमा ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । उनीहरु दुवै जनाले कोरोना भाइरस विरूद्धको पूर्ण खोप लगाइसकेका छन् ।

६६ वर्षीय विदेशी नागरिकको कोभिड रिपोट नगेटिभ भएपनि कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको हो ।

यस्ताे छ प्रेस विज्ञप्ति

 


Thali Mobile Pvt.Ltd.