भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते

एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते

स्याङ्जा । एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान ४ बजे वालिङ नगरपालिका(५ माझकोटस्थित वालिङ–चापाकोट भित्रि सडक खण्डमा एम्बुलेन्स दुर्घटना भएको हो ।

काठमाडौंबाट चापाकोट फर्केको बा.२झ. ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करिब दुईसय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । मृत्यु हुनेमा चापाकोट नगरपालिका(९ बस्ने ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट नगरपालिका १० बस्ने २५ वर्षीय श्याम पंगेनी रहेका छन् ।

उनीहरुको वालिङ प्राथामिक स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा परी चापाकोट नगरपालिका(९ बस्ने ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र २८ वर्षीया पवित्रा पोख्रेल गम्भीर घाइते भएका छन् । उनीहरुको वालिङ प्राथमिक स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.