एम.सी.सी. विरुद्ध तिलेपाटामा अन्तरक्रिया, सार्वभौमिकता विरुद्ध भएकाेले खारेज हनु पर्ने नेमकिपा के.स. विकको धारणा

एम.सी.सी. विरुद्ध तिलेपाटामा अन्तरक्रिया, सार्वभौमिकता विरुद्ध भएकाेले खारेज हनु पर्ने नेमकिपा के.स. विकको धारणा

तिलेपाटा दैलेख । अमेरिकि परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आठबीस नगरपालिका वडा नं. ८ स्थित तिलेपाटामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एम.सी.सी.अमेरिकी सैन्य रणनीतिको एक अभिन्न अंग भएकोले सैन्य उद्देश्यले नेपालमा अखाडा बनाउनु बाहेक अरु यसको उद्देश्य नभएको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य बजिरसिह विश्वकर्माले बताए ।

आठबीस नगर समितिको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रीय सदस्य विश्वकर्माले नेपालको सार्वभौमिकता विरुद्धमा गरिने संझौता भएकोले आम नागरिक सचेत रहनु पर्ने बताए । एमसीसी पारित गराउन खोज्नेहरु विदेशी पूँजीका दलाल भएको भन्दैे उनले नेपालमा विदेशी शक्तिको बुट बजार्न नदिन नागरिकलाई स्पष्ट पारे ।

कार्यक्रममा नेपाल क्रान्तिकारी किसान संघ दैलेखका उपाध्यक्ष रतनबहादुर कठायतले अदुरदर्शी नेतृत्वका कारण नेपालीहरुले विविध प्रकारका अन्यायहरुको सामना गरिरहनु परेको बताए । त्यस्तै पार्टी आठबीस नगर समिति अध्यक्ष जयबहादुर बडुवालले एम.सी.सी नेपालको सार्वभौकिता विरुद्धको रणनीति भएकोले जनतामाझ कार्यकर्ताहरुले सक्रियताका साथ काम गर्न जरुरी भएको बताए ।

नेमकिपा आठबीस नगर समितिको आयोजनामा आज सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा पार्टी जिल्ला समिति दैलेखका सदस्य कलबहादुर सिजापति, नेपाल प्राध्यापक समाजका कृपाराम विश्वकर्मा, नेक्रामसंघ दैलेख जिल्ला समितिका सदस्य जलु बडुवाल, नेक्राशिसँघ नगर समिति सदस्य महेशकुमार न्यौपाने, पार्टी वडा नं. ९ का सदस्य नवीनकुमार सिजापति, वडा नं. ७ का अध्यक्ष रणबहादुर कठायतले आआफ्नो धारणा प्रस्तुत गरेका थिए ।

नेमकिपा आठबीस नगर ८ नं. वडा समिति अध्यक्ष रामबहादुर बडुवालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन नेपाल क्रान्तिकारी शिक्षक सँघका सदस्य बमबहादुर सिजापतिले सञ्चालन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.