भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

एसिया कप छनोटः नेपाल मलेसियासँग भिड्दै

एसिया कप छनोटः नेपाल मलेसियासँग भिड्दै

काठमाडौं । एसिया कप छनोट आधारको रुपमा रहेको एसीसी प्रिमियर कप आजदेखि सुरु हुँदैछ । उदघाटन खेलमा घरेलु टोली नेपालले मलेसियासँग खेल्दैछ । समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुदैछ ।

समूह ‘बी’ अन्तर्गत हङकङ र सिंगापुरको खेल आजै मूलपानी मैदानमा हुनेछ । यसै खेलबाट मूलपानी मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो खेल हुनेछ । झण्डै एक दशकपछि पहिलो पटक एसीसीको प्रतियोगिता आयोजना अधिकार पाएको नेपालले आयोजक र टिमको रुपमा तयारी गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले टीयू र मूलपानी दुवै मैदानलाई तयार पारेको छ । मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि नेपाली टिमलाई प्रिमियर कपका लागि तयार पारेका छन् । अघिल्लो महिना घरेलु मैदान क्रिकेट विश्वकप लिग टु खेलेकै टिमलाई उनले निरन्तरता दिएका छन् ।

रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोली तयार छ । लिग टुमा पछिल्लो १२ खेलमा सानदार प्रदर्शन गरेको नेपाली टोली उत्कृष्ट लयमा छ । मलेसिया विरुद्ध पहिलो खेल खेल्दै नेपालले एसिया कपमा पुग्ने अभियानको सुरुवात गर्नेछ । यस प्रतियोगिताको विजेता सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा खेल्न पाउने भएकाले पनि अझै विशेष छ ।

 


Thali Mobile Pvt.Ltd.