भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

मुलुकभर डढेलो

मुलुकभर डढेलो

काठमाडौं । सोमबार १ हजार १ सय ३४ ठाउँमा आगलागी भएको छ । लगातार तीन दिनसम्म यस्तै अवस्था रहे संकटकाल लगाउनुपर्ने हुन सक्ने बताइएको छ। यसअघि यति धेरै घटना भएको तथ्यांक नरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा धेरै ८ देखि ९ सय डढेलोका घटना मात्रै रेकर्डमा रहेको उपसचिव सुन्दर शर्माले बताए । वैशाख १२ लाई पिक सिजन मानिने भएकाले सामान्यतः वैशाख दोस्रो साता आगलागीको सिजन सुरु हुन्छ । तर, चार साता पहिलादेखि नै हुन थालेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धिसँगै नेपालमा सिजनभन्दा पहिला नै आगलागी हुन थालेको ‘एम्प्लिफाइड ड्राउट ट्रेन्ड इन नेपाल इन्क्रिज द पोटेन्सियल फर हिमालयन वाइल्ड फायर’ नामक अध्ययनले देखाएको छ।

अध्ययनका अनुसार जलवायु परिवर्तन र मानवीय क्रियाकलापका कारण हरित गृह ग्यासको उत्सर्जन, औसतभन्दा कम वर्षा हुँदा तापक्रम सामान्यभन्दा तातो हुन्छ । त्यसको असर विनाशकारी डढेलोका रूपमा देखिएको हो । अहिलेसम्मको रेकर्ड हेर्दा सन् २००९, २०१६ र २०२१ डरलाग्दा डढेलो लागेका छन् । उक्त वर्षहरूमा औसतभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांकले प्रष्ट्याउँछ।

 


Thali Mobile Pvt.Ltd.