काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव नेपालले प्रधानमन्त्रीबाट राजीना दिनुपर्ने बताएका छन् ।
प्रेस संगठन नेपालको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले संसद विघटन गरेपछि प्रधानमन्त्री पनि नरहने भएकाले कि पद छोड्नु पर्ने कि कामचलाउ भएको स्वीकार्नु पर्ने बताए ।
प्रधानमन्त्री बन्न प्रचण्ड र आफूलाई भर्याङ बनाएको टिप्पणी गरे । ओलीले जालसाझी गरेर ४० वर्षदेखि संगत समाप्त पारेको बताए ।

