भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

फागुन भित्रै ओली निकम्मा सावित हुने प्रचण्डकाे खुलासा

फागुन भित्रै ओली निकम्मा सावित हुने प्रचण्डकाे खुलासा

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले गरेको सिफारिस राजाको भाषामा ह्वास्स गन्‍हाएको टिप्पणी गरे । निरंकुशतातिर धकेल्ने प्रक्रियाको सुरुवात केपीले गरेको उनको भनाइ छ ।

नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले जनतामा निहित सार्वभौमसत्तामाथि कू गरेकोले अब जनता चुप लागेर नबस्ने बताए । संसद भंग गरेर ओलीले देशलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा धकलेको प्रचण्डले जिकिर गरे ।

संविधानसभा जनताको आन्दोलन र जनयुद्वको बलबाट आएकोले त्यसको रक्षाका गर्न सडकमा आएको बताए ।अब केपीको हातमा केही नभएको र फागुन भित्रै ओली निकम्मा सावित हुने बताए । संसद भंग गर्न सिफारिस गरेको दिनदेखि केपी निकम्मा भइसकेको दावी प्रचण्डले गरे ।

ओलीले हिटलर बन्न खोजे
केपी शर्मा ओली हिटलर बन्न खोजेको तर सत्ता हातबाट गुमिसकेको प्रचण्डले बताए । घुमाउरो भाषामा सत्ता ओलीको हातबाट गुमिसकेको भन्दै आफ्नै पार्टीको प्रधानमन्त्रीले आफैले जन्माएको संविधानको हत्या गर्न लागेकाले जिकिर गरे ।

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीले प्रतिनिधिसभा विघटन गरेको राजतन्त्रको पुनः स्थापना गर्न चाहोको भन्दै प्रचण्डले देशलाई विध्वंश गर्ने प्रतिक्रान्तिको उक्त योजनालाई जसरी पनि असफल पार्नुपर्ने बताए ।

Prachandaउनले प्रतिगमन र प्रतिक्रान्तिको प्रयास रोक्न पत्रकारहरुको भेला सफल हुनेमा विश्वास व्यक्त समेत गरे । ओलीको खोक्रो राष्ट्रवाद नांगिएको भन्दै प्रचण्डले जनता अब भ्रममा नभएको र ओलीको निरंकुश दम्भका तोडिने बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.