भर्खरै : Sorry, your browser does not support inline SVG.

ओली कदमविरुद्ध प्रचण्ड–माधव पक्षकाे आज देशभर प्रदर्शन, काठमाडौंमा ५० हजारबढी कार्यकर्ता उतार्दै

ओली कदमविरुद्ध प्रचण्ड–माधव पक्षकाे आज देशभर प्रदर्शन, काठमाडौंमा ५० हजारबढी कार्यकर्ता उतार्दै

काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केपी कदमको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ । यता काठमाडौंको विरोध प्रदर्शनमा ५० हजारबढी कार्यकर्ताले शक्ति प्रदर्शन गर्ने जनाइएको छ ।

बिहान ११ काठमाडौंको टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने बताइएको छ । रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाको जुलुस निकालिने नेकपाले जनाएको छ । जुलुस भृकुटीमण्डप पुगेपछि सभामा परिणत हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए ।

सोमबार नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो भने उता जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन गरेका थिए । आज नेकपा प्रचण्ड माधव पक्षले प्रदर्शन गरिरहेका छन् । संसद विघटनविरुद्धको रिटमा सर्वोच्चमा बहस चलिरहेको बेला निर्वाचन आयोग नेकपाको आधिकारिकतालाई कसरी टुंग्याउने भन्नेमा नै तयारीमा रहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.