साउन २०७७ उदयपुर । बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीले यसबारे जानकारी गराएकी हुन् ।
फेसबुकमा उनले लेखेकी छन् ‘म उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। ‘कालो कर्तुतहरुको विषयमा कार्यान्वयन नभएको र दुई तिहाइको सरकार धिक्कारेको छु । कर्मचारी को विषयमा विवाद भएकाले उपमेयर चौधरीको उत्तेजनात्मक प्रतिक्रिया आएको स्थानीयले बताएका छन् ।
चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएकी थिइन् । उनले अाेली नेतृत्वकाे सरकारले भ्रष्ट्राचार गरेकाे दावी समेत गरेकी छन् ।
