भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

आठबीस नगरपालिका-१ का दुई महिलासहित दैलेखमा थप २४ जनामा कोरोना पोजेटिभ

आठबीस नगरपालिका-१ का दुई महिलासहित दैलेखमा थप २४ जनामा कोरोना पोजेटिभ

८ साउन २०७७ सुर्खेत । कर्णालीमा थप ३० जना कोरोना भाइरस संक्रमित थपिएका मध्य २४ जना दैलेखका रहेका छन् ।
सुर्खेत र दैलेख अस्पतालमा रहेको प्रयोगशाला परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार पुष्टि हुने संक्रमितमध्ये दैलेखका २४ जना, सुर्खेतका ५ र सल्यानका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । दैलेखको आठबीस नगरपालिका वडानम्बर १ का दुई महिलासहित ११ जना रहेका छन् । उनीहरु ४ देखि ४१ वर्षका छन् ।

सोही नगरपालिकाको वडानम्बर ७ का एकजना पुरुष संक्रमित भएका छन् । यस्तै, दैलेखकै महाबु गाउँपालिका वडानम्बर १ का १४ देखि ७३ वर्षका ८ जना पुरुष रहेका छन् । महाबुकै वडानम्बर ३, ४ र ५ का ४९ देखि ७० वर्षका तीनजना पुरुष पनि संक्रमित भएका छन् ।

दैलेखका अर्का एकजना संक्रमित डुङ्गेश्वर गाउँपालिका(१ का पुरुष हुन् । यस्तै सुर्खेतका संक्रमित भेरीगंगा नगरपालिका १, ४ र ८ नम्बर वडाका तीनजना पुरुष र चौकुन गाउँपालिका वडानम्बर ७ का दुई महिला रहेका छन् । एकजना सल्यानको छत्रेश्वरी गाउँपालिका(३ का ३८ वर्षीय पुरुष रहेका छन् । यससँगै कर्णालीमा कोरोना स्क्रमितको संख्या १८१३ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.