ओली विरुद्ध प्रचण्ड-नेपालको छुट्टै रणनीति

ओली विरुद्ध प्रचण्ड-नेपालको छुट्टै रणनीति

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले ओली विरुद्ध छुट्टै रणनीति बनाउन लागेका छन् । आज पेरिसडाडामा कानुनविद्सँग छलफल गरेका उनीहरुले बिहीबार एक घण्टाबढी विज्ञसंग छलफल गरेको सचिवालयले जनाएको छ।

पार्टीभित्रको विवाद समाधान गर्न प्रचण्ड नेपालको नयाँ रणनीति बुझिएको छ । कानुन क्षेत्रका विज्ञसँग परामर्श गरिएको यो छलफललाई अर्थपूर्ण हेरिएको छ। यता प्रधानमन्त्री ओली पक्षले भने संगै बस्न नसकिए छुटिन समेत भनिसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.