भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

ओली सरकारको देशैभर प्रतिवाद गर्छाैं: पौडेल

ओली सरकारको देशैभर प्रतिवाद गर्छाैं: पौडेल

पोखरा । ब्यास नगरपालिकाको बुल्दी खोला पुल उद्घाटनका लागि जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफतार गरिएको छ ।

संघीय सरकारको बजेटमा बनेको पुल कसले उद्घाटन गर्ने भन्नेमा टुंगो नलागेपछि सत्तारुढ नेकपा र प्रमुख विपक्षी कांग्रेसबचि विवाद भएको थियो । झडप हुने सम्भावना देखेपछि प्रशासनले निषेधाज्ञा गरेको थियो । निषेधाज्ञालाई खारेज गर्छु भन्दै र्‍यालीसहित पुल उद्घाटन गर्न हिँडेका पौडेललाई बुधबार दिउँसो प्रहरीले गिरफतार गरी साँझ साढे ५ बजे छोडेको थियो ।

पौडेलसँगै प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेता पौडेलले भने आफूलाई सुनियोजित ढंगले नै केपी ओली सरकारले पक्राउ गरेको भन्दै यसको देशैभर कडा प्रतिकार गरिने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.