भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ओली सरकारको देशैभर प्रतिवाद गर्छाैं: पौडेल

ओली सरकारको देशैभर प्रतिवाद गर्छाैं: पौडेल

पोखरा । ब्यास नगरपालिकाको बुल्दी खोला पुल उद्घाटनका लागि जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफतार गरिएको छ ।

संघीय सरकारको बजेटमा बनेको पुल कसले उद्घाटन गर्ने भन्नेमा टुंगो नलागेपछि सत्तारुढ नेकपा र प्रमुख विपक्षी कांग्रेसबचि विवाद भएको थियो । झडप हुने सम्भावना देखेपछि प्रशासनले निषेधाज्ञा गरेको थियो । निषेधाज्ञालाई खारेज गर्छु भन्दै र्‍यालीसहित पुल उद्घाटन गर्न हिँडेका पौडेललाई बुधबार दिउँसो प्रहरीले गिरफतार गरी साँझ साढे ५ बजे छोडेको थियो ।

पौडेलसँगै प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेता पौडेलले भने आफूलाई सुनियोजित ढंगले नै केपी ओली सरकारले पक्राउ गरेको भन्दै यसको देशैभर कडा प्रतिकार गरिने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.