भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भारतबाट ‘ओमीक्रोन’ भित्रन नदिन नाकामा उच्च सतर्कता

भारतबाट ‘ओमीक्रोन’ भित्रन नदिन नाकामा उच्च सतर्कता

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’ सङ्क्रमित भेटिएपछि नेपाल सीमावर्ती जिल्लाका नाकामा उच्च सतर्कता अपनाइएको छ ।

भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपनाएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर गरी केन्द्रको बैठकमार्फत थप सजगता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई आवश्यक ‘एक्सन प्लान’ बनाउने जिम्मा दिइएको उनको भनाइ छ ।

पर्सामा भारतबाट खुलारूपमा आवतजावत हुने भएका कारण नयाँ भेरियन्टको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सक्रियतापूर्वक लागेको भन्दै योजना अघि बढाएको ढकाले बताए ।

 


Thali Mobile Pvt.Ltd.