भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

कठोर सरकारी नीतिले नेप्से अहिलेसम्मकै तल्लो बिन्दुमा पुग्यो

कठोर सरकारी नीतिले नेप्से अहिलेसम्मकै तल्लो बिन्दुमा पुग्यो

काठमाडौँ । सरकारले सेयर बजारप्रतिको कठोर नीतिले लिएसंगै सेयर बजार खस्केकाे छ । सेयर बजार परिसूचक (नेप्से) १९ महिनायताकै तल्लो बिन्दु एक हजार ९०० बिन्दुमा झरेको हो ।

यसअघि ११ मंसिर २०७७ मा सूचक १९९३ बिन्दुमा रहेको थियो । सोमबार कारोबार खुला भएदेखि घट्न थालेको नेप्से एक घण्टा अवधिमा १ हजार ९०० बिन्दुमुनि झरेको हो । निरन्तरको गिरावटले मार्जिन कल र अझै घट्ने आंकलनका साथ लगानीकर्ताले सेयर बिक्री गरेपछि बजार थप प्यानिक भएको हो ।

त्यस्तै कारोबारको १ घण्टा अवधिमा नेप्से ३९.८१ अंकले घटेर १८९४.३१ बिन्दुमा झरेको छ । काराेबारमा करिब २०१ कम्पनीका सात लाख ४१ हजार कित्ता सेयर २४ करोड ८६ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । काराेबारकाे समयमा आएका सबै उपसमुहगत सूचक राताम्मे बनेका छन् भने फाइनान्स र जलविद्युत सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

यस्तै हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै एक करोड ७२ लाखको सेयर कारोबारमा आएको छ भने एनसीसी बैंक, नबिल बैंक र अरुण काबेली पावरको शीर्ष तीन ठूलो कारोबार भएको छ ।

 


Thali Mobile Pvt.Ltd.