भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

कडा टक्करकाबीच कांग्रेस जिल्ला अधिवेशन

कडा टक्करकाबीच कांग्रेस जिल्ला अधिवेशन

काठमाडौं । कांग्रेसका ५२ जिल्ला अधिवेशनको नजितामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबीच कडा प्रतिस्पर्धा भएको छ । दसैंअघि एक निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर १० गते अधिवेशन गरेको काँग्रेसले प्रदेश २ का ८ जिल्ला, रसुवा, धनकुटालगायत २५ जिल्लामा जिल्ला अधिवेशन गर्न सकेको छैन ।

प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन भइसकेपछि जिल्ला अधिवेशन नहुँदा पनि महाधिवेशनलाई असर नहुने निर्वाचन समितिले जनाएको छ । काठमाडौंमा सबजु बानियाँले चुनाव जितेका छन् भने बानिया यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिका सभापति थिए। उनलाई नेता प्रकाशमान सिंह र गगन थापाको साथ थियो।

सबै पदाधिकारीमा बानियाँकै प्यानल निर्वाचित भएको छ । काभ्रेमा पनि देउवा–सिटौला पक्ष मिलेको थियो। झापामा भने प्रवक्ता विश्वप्रकाश शर्मा र सिटौला पक्षबीच चुनाव हुँदा सिटौला पक्षका नेता देउमान थेवेले सभापतिमा जितेका छन्। झापामा विश्वप्रकाश एक्लै र बाँकी समूह सबै सिटौलातिर थियो। प्रदेश १ का इलाम, पाँचथर, ताप्लेजुङ र ओखलढुंगामा देउवा समूह र भोजपुर, संखुवासभा, खोटाङ र तेह्रथुममा पौडेल–कोइराला समूहका नेता सभापति निर्वाचित भएका छन् ।

पौडेलको क्षेत्र गण्डकी प्रदेशमा स्याङ्जा, लमजुङ, मनाङ, म्याग्दी र पर्वतमा देउवा समूहका सभापति निर्वाचित भएका छन्। गोरखा र मुस्ताङमा पौडेल समूहले जितेको छ। कास्कीमा पनि देउवा समूहले जितेको छ। तनहुँमा पौडेल समूहका वैकुण्ठ न्यौपाने र जितप्रकाश आलेबीच प्रतिस्पर्धा भएको थियो। अन्ततः देउवा पक्षका नेता आलेले जिते।

बागलुङमा प्रदेश अधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्ने तय भएको छ। यता सर्लाहीको बलरा नगरपालिकास्थित गडहियामा कांग्रेसको वडा अधिवेशनका क्रममा मतदान अधिकृतलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । घटनामा ३ सुरक्षाकर्मी, १ मतदान अधिकृत र १ कांग्रेस कार्यकर्ता घाइते भएको निर्वाचन समितिले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.