भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कति बेला आमाले खानेकुरा खुवाउँछिन भनेर आमाको मृत शरिरमा झुन्डिरहेको हृदयविदारक दृश्य

कति बेला आमाले खानेकुरा खुवाउँछिन भनेर आमाको मृत शरिरमा झुन्डिरहेको हृदयविदारक दृश्य

जाम्बिया । ठूलो जंगलमा एउटा बयस्क भोको चितुवाले बाँदरको टाउको निल्छ । बाँदरको बच्चा भने कति बेला आमाले खानेकुरा खुवाउँछिन भनेर आमाको मृत शरिरमा झुन्डिरहेको छ । साउद लुवांगवा नेसनल पार्कको घटना हो यो ।

१४ अक्टोबरमा खिचिएको यो तस्विर अहिले सामजिक सञ्जालमा निकै भाइरल बनेको छ । यो हृदयविदारक क्षणलाई बन्यजन्तुसम्बन्धीका पत्रकार साफिक मुल्लाले खिचेका थिए । चितुवाले सुरुमा आमालाई झम्टिन्छ । झम्टिएको देखेरपनि बच्चा आमाकै शरिरमा झुन्डिरहेको छ । आमाको साथ नछोडेपछि बाँदरको बच्चालाई पनि चितुवाले मारेको थियो ।

यस्तो हो घटना हृदयविदारक तस्बीरमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा आफ्नी आमाको मृत शरीर च्यापेर बसिरहेको देख्न सकिन्छ । आमाको टाउको चितुवाको मुखभित्र छ । आफैँ ठूलो खतरामा परिरहँदा पनि बच्चाले आमाको साथ छाड्न सकिरहेको छैन ।

अन्ततः सो चितुवाले त्यो बच्चालाई पनि खाइदिन्छ । यो तस्बीरले प्रकृतिको क्रुर वास्तविकता देखाएको छ । यो दुर्लभ तस्बीर कैद गर्ने पत्रकार भन्छन्, ‘दीगो वातावरण कायम राख्न तथा बाँच्नका लागि पनि जनाबरहरु अरुका लागि मर्नु पर्छ ।’

चितुवा फेलिडी परिवार अन्तर्गत पर्ने यो जङ्गली जनावर ‘Big Cat’ समुहको बाघ, सिंह र जगुआर पछिको चौथो ठूलो जनावर हो । कुनै समय पूर्वी र दक्षिणी एसिया र अफ्रिकाका भूभागहरू साइबेरिया देखि दक्षिण अफ्रिका सम्म पाइने यो जनावर वासस्थानको अभाव र अवैद्य शिकारसंगै अस्तित्व संकटमा पुगेको छ ।

वर्तमान अवस्थामा मुख्यगरी अफ्रिकाको सहारा क्षेत्रमा सिमित भएको यो जनावर पाकिस्तान, भारत, श्रीलङ्का, नेपाल, मलेशिया र चिनका भूभागमा पाइन्छ । दिन प्रतिदिन यसको सङ्ख्या घट्दै गइरहेको छ । फेलिडी परिवारका अन्य जनावरको तुलनामा चितुवाको खुट्टा केही छोटो भएपनि यसको जीऊ केही लामो र खप्पर केही ठूलो हुन्छ ।

झट्ट हेर्दा अमेरिका तिर पाइने जगुआर जस्तै देखिएपनि यो केही सानो र छरितो शरीरको हुन्छ । यसको शरीरमा हुने पाटाहरू पनि जगुआरको जस्तै देखिन्छन्, तर चितुवाको शरीरका पाटाहरू केही बाक्लो अनि साना हुन्छन् र जगुआरको शरीरमा जस्तो केन्द्रित पाटाहरू पनि हुदैनन् । शरीरमा यस्ता पाटाहरू नभई पूर्ण रूपमा कालो रङ्ग भएका चितुवाहरूलाई प्यान्थर भन्ने गरीन्छ ।

चितुवा एक सफल शिकारीको रूपमा चिनिन्छ । वासस्थानमा राम्रो अनुकुलन क्षमता, ५८ किमी प्रति घण्टाको रफ्तारमा दौडने क्षमता र तुलनात्मक रूपमा निकै ठूला शरीर भएका शिकारलाई समेत सजिलै बोकेर रूखमा चढ्नसक्ने क्षमताका कारण शिकारको मामलामा अन्य जनावर भन्दा चितुवा निपुर्ण मानिन्छ ।

आफूले समाउन सक्ने र शिकार गर्नसक्ने जुनसुकै जनावरलाई पनि यो जनावरले आफ्नो आहार बनाउने गर्दछ । चितुवाको वासस्थान समशितोष्ण जङ्गलहरू देखि मरुभूमिसम्म फैलिएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.