बैतडी । करणीमा संलग्न रहेकी फरार प्रतिबादी पक्राउ परेकी छिन् ।
हाडनाता करणी मुद्धामा सिगास गाउँपालिका ३ रक्सौन बस्ने ३० वर्षीया राजमती धामी पक्राउ परेकी हुन् ।
जिल्ला अदालत बैतडीले धामीलाई २०७३ असार १८ गते १ वर्ष कैद सजाय तोकेपछि उनी फरार रहेकी थिइन् ।
प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले घर ठेगानमा फेला पारी शनिबार साँझ धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
