कर्णालीमा चन्द्रबहादुर शाहीले लिए मन्त्रीको शपथ, फेरियो मन्त्रालय

कर्णालीमा चन्द्रबहादुर शाहीले लिए मन्त्रीको शपथ, फेरियो मन्त्रालय

सुर्खेत । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाहीले मन्त्रीपदको शपथ लिएका छन् । मंगलबार साँझ कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेता शाहीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेको भनेपनि अन्तिम समयमा आएर नेता शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्री शाहीले कृषि मन्त्री ‘कम्फर्टेबल’ लागेको भन्दै ‘बार्गेनिङ’ गरेपछि अन्तिममा उनले सोही मन्त्रालयको जिम्मेवारी दिएको बताइएको हो ।

 


Thali Mobile Pvt.Ltd.