भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कर्णालीमा प्रधानमन्त्री ओलीको ठाडो निर्देशन

कर्णालीमा प्रधानमन्त्री ओलीको ठाडो निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको विवाद समाधान गर्न ठाडो निर्देशन गरेका छन् । कर्णाली विद्रोहका विषयमा प्रधानमन्त्री निवासमा चलेको छलफलमा प्रधानमन्त्रीले समस्या सुनेर दुवै अध्यक्षको छलफलबाट निष्कर्ष निकालिने आशवासन दिएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपा संसदीय दलमा बुझाइएको अविश्वास प्रस्तावका विषयमा शनिबार प्रधानमन्त्री निवासमा लामो छलफल चलेको थियो।छलफलमा ओलीले भने, ‘तपाईंहरुको कुरा सुनेँ। अब हामी अध्यक्षद्वय बसेर छलफल गर्छौं र एउटा निष्कर्ष निकाल्छौँ । त्यसलाई तपाईंहरुले मानेर जानुपर्छ।’

सहभागीहरुले पार्टी र सरकार राम्रो बनाउनुपर्नेमा जोड दिए । आइतबार अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रक्रिया स्थगित गर्न र तुरुन्त काठमाडौं आउन दुवै पक्षलाई पत्र पठाए अनुसार मुख्यमन्त्री शाहीसहित नेकपा कर्णाली प्रदेश कमिटीका पदाधिकारी काठमाडौं आएका छन्।

 


Thali Mobile Pvt.Ltd.