भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

कर्णाली नदी गाउँ पसेपछि स्थानीयको भागभाग

कर्णाली नदी गाउँ पसेपछि स्थानीयको भागभाग

टीकापर । निर्माणाधीन तटबन्ध भत्किएर कर्णाली नदीमा आएको बाढी टीकापुर नगरपालिका वडा नं ५ शाहीपुर गाउँमा पसेको छ । मङ्गलबार दिउँसो बाढी गाउँमा पसेपछि स्थानीयको भागाभाग भएको छ ।

क्षति पुर्याउन सक्ने भन्दै गाउँका मानिसलाई माइकिङ गरेर घर छोड्न लगाइएको टीकापुर नगरपालिकाले जनाएको छ । शाहीपुरका स्थानीय नारायण चौधरीले बोक्न सकिने कागजात र सामान लिएर घर छोडिरहेको र राष्ट्रिय माबि बसन्तामा बस्न लागेको जानकारी दिए ।

नदी फुटेका कारण दक्षिणका तल्लो शाहीपुर, सिम्रनी, सत्ती, बनगाँऊ, बटनपुर लगायतका बस्ती प्रभावित भैरहेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएर बस्तीबाट मानिसहरु उँचो स्थानतिर सार्न लागेको बताए ।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले वडा नं २ मूलपानी, वडा नं ५ को मसानघाट लगायतका क्षेत्रमा नदी फुट्न लागेकाले दक्षिणी क्षेत्रका बासिन्दालाई घर छाड्न लगाइएको बताए ।

 


Thali Mobile Pvt.Ltd.