भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

कर्णाली प्रदेश सरकारले मुगु बस दुर्घटनाका मृतकका परिवारलाई एक लाख राहत दिने

कर्णाली प्रदेश सरकारले मुगु बस दुर्घटनाका मृतकका परिवारलाई एक लाख राहत दिने

कर्णाली । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो ।

परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पनि एक लाख राहत दिने निर्णय गरेको छ । मुगु बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको थियो । बैठकले कोभिड(१९ को कारण मृत्यु भएका मृतकका परिवारलाई राहत वितरणसम्बन्धी कार्यविधिबमोजिम भुक्तानी गर्न निर्देशन दिएको छ ।

हालसम्म २८६ लाई दुई करोड ८६ लाख भुक्तानी भइसकेको तथा वितरण गर्न बाँकीको हकमा जिल्ला प्रशासन कार्यालयबाट कागजात यकिन गरी हकवालाको बैंक खातामा रकम पठाउन आन्तरिक मामिला तथा कानून न्त्रालयलाई निर्देशन दिएको मुख्यमन्त्री कार्यालयको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

त्यस्तै, बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ३ उपनियम ९२० बमोजिम रिक्त सदस्य पदमा प्रदेशसभा सदस्य विमला केसी, चन्द्रबहादुर शाही र हिमबहादुर शाहीलाई मनोनित गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.