भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

फराकिलो बनाइँदै बुलबुले ताल

फराकिलो बनाइँदै बुलबुले ताल

सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजना अनुसार सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा बृहत् बुलबुले क्षेत्र विस्तार आयोजना सञ्चालनमा आएको हो । प्रदेश सरकारअन्तर्गतको वन निर्देशनालयले आर्थिक वर्ष २०७६र०७७ देखि बुलबुले क्षेत्रमा संरचना निर्माणको काम अघि बढाएको हो । ताल विस्तारका लागि हालसम्म रु दुई करोड खर्च भइसकेको छ । आयोजनामा प्राविधिक सहयोग गरिरहेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका इञ्जिनीयर गोकर्ण थापाले १२ हजार वर्गमिटर क्षेत्रफलमा रहेको ताल बढाएर २८ हजार ५०० वर्गमिटर बनाउन लागिएको बताए ।

उनका अनुसार बुलबुले क्षेत्र हुँदै बगिरहेको इत्राम खोलामा तटबन्ध निर्माण, पैदलमार्ग, ताल विस्तारको काम सम्पन्न भइसकेको छ भने यस वर्ष वनभोज स्थलतर्फ पुग्न खोलामा झोलुङ्गे पुल निर्माण गरिनेछ । विस्तार गरिएको तालमा पानी चुहिने समस्या भएकाले ताल पूर्णरुपमा भरिन पाएको छैन । “पानी लिकेज भएकाले ताल भरिन पाएको छैन, प्राविधिक त्रुटि के भयो भनेर अध्ययन गर्दैछौँ”, इञ्जिनीयर थापाले भने, “यस वर्ष पानीको लिकेज बन्द गर्नुका साथै १० वटा वनभोजस्थल, स्नान घर निर्माण गरिने छ, उद्यानलाई समेत व्यवस्थित बनाइनेछ ।”

साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ । कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले पनि पर्ने गरेको छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्दछन् । दैनिक औसत ३०० पर्यटकले बुलबुले अवलोकन गर्ने जनाइएको छ । विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो । बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै सङ्घीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ ।

नगरप्रमुख देवकुमार सुवेदीले तालको संरक्षणसँगै यसको आकर्षण र महत्व झन बढ्ने बताउँदै भने, “बुलबुले सुर्खेतको मुख्य चिनारी हो, यसको व्यवस्थित विकास गरेर हेर्न लायक बनाउँदैछौँ ।” उनले बृहत् गुरुयोजना अनुसारका सबै संरचना निर्माण गरिने जानकारी दिए । बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको सङ्कलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन् । तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरुषका लागि पाँच÷पाँचवटा धारा छन् । ताल विस्तार सम्पन्न भइसकेपछि ¥याफ्टिङ सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।

 


Thali Mobile Pvt.Ltd.