भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

काँग्रेसका साढे तीन हजारबढी प्रतिनिधि चुनिए

काँग्रेसका साढे तीन हजारबढी प्रतिनिधि चुनिए

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले बताए ।

विधानअनुसार, हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने व्यवस्था छ । अब ३० वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी रहेको श्रेष्ठले बताए ।

ती क्षेत्रबाट महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापतिमा २६ जनाको दरले ७८० जना महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने भएकाले महाधिवेशन प्रतिनिधिले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने प्रावधान वैधानिक व्यवस्था छ ।

बर्दिया, बाँके, सप्तरी, सिरहामा बिहीबार क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सिन्धुपाल्चोक, धनुषा र महोत्तरीमा प्रदेश अधिवेशन प्रक्रिया सुरु छ । रसुवा, दार्चुला, धनकुटामा अधिवेशन प्रक्रिया सुरु गरिएको समितिले जनाएको छ । काँग्रेस महाधिवेशनमा क्रियाशील पत्रकारहरू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाका पूर्व प्रेस संयोजक गोविन्द परियार काठमाडौँ–६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी दोलखाबाट निर्वाचित भएका छन् ।

पत्रकार शङ्कर तिवारी नवलपुर–२ बाट, तारा थपलिया दोलखा, सिर्जना स्नेही बझाङ, हरि लम्साल र माया गौतम रुपन्देही, सरस्वती गुरुङ कास्की, माला पालुङ्गा ताप्लेजुङ, दिनेश सुनुवार गोरखा, दीपेन्द्र बान्तवा सङ्खुवासभा, जनकबहादुर शाही हुम्ला, गम्भीर विश्वकर्मा मनाङ, इन्द्र रिसाल स्याङ्जाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

बाजुराबाट रिता शाही, झापाबाट लोकराज ढकाल, बाग्लुङबाट सकुन्तला शर्मा, दैलेखबाट खगेन्द्र सुनार र भूपेन्द्र शाही पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको काँग्रेसले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.