भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेसको तेस्रो चरणका आन्दोलन

कांग्रेसको तेस्रो चरणका आन्दोलन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले तेश्रो चरणका विरोध कार्यक्रम अन्तर्गत सार्वजनिक गरेको छ । शनिबार शुभेच्छुक संघ संगठनहरुले ७७ वटै जिल्लामा विरोध र्‍याली तथा विरोभ सभा गरिरहेका छन् ।

आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथ ग्रहणका विषयलाई थप गम्भीरतापुर्वक लिएर एकवद्ध भएर आन्दोलनका कार्यक्रमलाई अझ व्यापक बनाउन कांग्रेसले अपिल गरेको छ ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलनमा रहेको कांग्रेसले यसअघि प्रतिनिधिसभा विघटनको विरोधमा पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते विरोध कार्यक्रम गरिसकेको छ ।

जनतालाई दुःख नदिने गरी शान्तिपूर्ण विरोध प्रदर्शनका कार्यक्रमलाई प्राथमिकता दिने काग्रेुले जनाएको छ । संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथग्रहण एवं सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध संघर्ष जारी रहेको काग्रेसले बताउदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.