भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

कांग्रेसको तेस्रो चरणका आन्दोलन

कांग्रेसको तेस्रो चरणका आन्दोलन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले तेश्रो चरणका विरोध कार्यक्रम अन्तर्गत सार्वजनिक गरेको छ । शनिबार शुभेच्छुक संघ संगठनहरुले ७७ वटै जिल्लामा विरोध र्‍याली तथा विरोभ सभा गरिरहेका छन् ।

आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथ ग्रहणका विषयलाई थप गम्भीरतापुर्वक लिएर एकवद्ध भएर आन्दोलनका कार्यक्रमलाई अझ व्यापक बनाउन कांग्रेसले अपिल गरेको छ ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलनमा रहेको कांग्रेसले यसअघि प्रतिनिधिसभा विघटनको विरोधमा पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते विरोध कार्यक्रम गरिसकेको छ ।

जनतालाई दुःख नदिने गरी शान्तिपूर्ण विरोध प्रदर्शनका कार्यक्रमलाई प्राथमिकता दिने काग्रेुले जनाएको छ । संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथग्रहण एवं सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध संघर्ष जारी रहेको काग्रेसले बताउदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.