भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेसलाई लीलामणिको धम्कीः चुनावमा एक्लै लड्न चुनौती

कांग्रेसलाई लीलामणिको धम्कीः चुनावमा एक्लै लड्न चुनौती

काठमाडौं । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई समेट्न नसकिने नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले बताएका छन् । नेता पोखरेलले चुनौती दिदै भने, ‘गठबन्धन समझदारीमा हुने हो । त्यसकारण कांग्रेसले यति सिट चाहिन्छ भनेर हुँदैन ।

कांग्रेसलाई सय सिट चाहिन्छ भन्ने हो भने एक्लै लडोस् म चुनौती दिन चाहन्छु, परिणाम आफै निस्किने छ ।’ उसले केका आधारमा सय सिट मागिरहेको छ ? भन्दै स्थानीय तहमा आफुले निकास दिएको बताए ।

दम्भ प्रकट गरेर नहुने भन्दै नेता लीलामणीले विप्लवलगायतका नेताहरुको पक्राउ पुर्जी तुरुन्त फिर्ता गर्न आग्रह गरे । अबको प्रधानमन्त्री प्रचण्ड हुने संकेत गर्दै अहिले नै फलानो प्रधानमन्त्री भनेर नहुने बताए ।

अघिल्लो सरकारले तीनबुँदे सहमति गर्ने, यो सरकारले पक्राउ पुर्जी जारी गर्ने भन्दै आक्रोष व्यक्त गरे । सहमति भनेको मानमर्दन र अलमल्याउन गर्ने नभइ, विप्लव समूहले शान्तिपूर्ण राजनीतिमा आउन तयार छौं भनिसकेपछि फेरि अदालती प्रक्रियामा जाँदा फेरि अशान्ति मच्चिने कार्य गलत भएकोले पक्राउ पुर्जी अहिल्यै तुरुन्तै फिर्ता लिनुपर्ने बताए । ।

 


Thali Mobile Pvt.Ltd.