भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मोेटरसाइकल चोरी गर्ने गिरोह पत्ता लाग्यो

मोेटरसाइकल चोरी गर्ने गिरोह पत्ता लाग्यो

महोत्तरी । प्रहरीले महोत्तरीको सुदूर उत्तरवर्ती मुख्य व्यापारिक केन्द्र बर्दिबास नगर क्षेत्रमा मोटरसाइकल चोरी गर्ने गिरोह फेला पारेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले आइतबार राति बर्दिबास मुख्यचोकस्थित सेञ्चुरी बैंक अगाडिबाट चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा चोरीमा संलग्न गिरोह फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बर्दिबास–७ किसाननगरस्थित रामएकवाल यादवको घरबाट चोरीको मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा उक्त गिरोहको पत्ता लागेको हो । मोटरसाइल चोरीमा संलग्न यादव, उनका भाइ रामलक्ष्मण यादव र भङ्गाहा–४ का सुनिलकुमार रामलाई प्रहरीले पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ ।

पछिल्लो समय बर्दिबासमा दिउँसै मोटरसाइकल चोरी हुने घटना बढ्दै गएको छ । केही दिन अघि बर्दिबास–१ स्थित रेडियो बर्दिबास परिसरबाटै मोटरसाइकल चोरी भएको थियो । बर्दिबास र गौशाला बजारमा घरको भित्ता फोरेर चोरी क्रमसमेत बढेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.