भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

कांग्रेसले तत्काल पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे अदालतको आदेश कुर्ने

कांग्रेसले तत्काल पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे अदालतको आदेश कुर्ने

काठमाडौं । पूर्वमन्त्री एवं केन्द्रिय सदस्य बालकृष्ण खाँणबारे नेपाली कांग्रेसको पदाधिकारी बैठकले तत्काल कुनै निर्णय नगर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको बैठकले खाँणबारे कुनै निर्णय नगर्ने भएको हो ।

कुनैपनि मुद्दामा कुनैपनि अनुसन्धानका क्रममा पक्राउ पर्ने बित्तिकै दोषी हो भन्न मिल्दैन, कुनैपनि व्यक्ति अभियुक्त हुन्छ, अदालतबाट निर्णय आइसकेपछि दोषी ठहरिन्छ, हाम्रो पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ, नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्च भएको छ, यसमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ, दोषी छोड्नु हुँदैन, निर्दोष पर्नु हुँदैन काँग्रेस सहमहामन्त्री जीवन परियारले बताए ।’

सहमहामन्त्री परियारले बैठकमा प्रदेश सरकारको बारेमा पनि छलफल भएको जानकारी दिए । परियारले तत्काल पार्टीले कुनै निर्णय नलिएको र अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.