भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

कांग्रेसले तत्काल पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे अदालतको आदेश कुर्ने

कांग्रेसले तत्काल पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे अदालतको आदेश कुर्ने

काठमाडौं । पूर्वमन्त्री एवं केन्द्रिय सदस्य बालकृष्ण खाँणबारे नेपाली कांग्रेसको पदाधिकारी बैठकले तत्काल कुनै निर्णय नगर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको बैठकले खाँणबारे कुनै निर्णय नगर्ने भएको हो ।

कुनैपनि मुद्दामा कुनैपनि अनुसन्धानका क्रममा पक्राउ पर्ने बित्तिकै दोषी हो भन्न मिल्दैन, कुनैपनि व्यक्ति अभियुक्त हुन्छ, अदालतबाट निर्णय आइसकेपछि दोषी ठहरिन्छ, हाम्रो पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ, नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्च भएको छ, यसमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ, दोषी छोड्नु हुँदैन, निर्दोष पर्नु हुँदैन काँग्रेस सहमहामन्त्री जीवन परियारले बताए ।’

सहमहामन्त्री परियारले बैठकमा प्रदेश सरकारको बारेमा पनि छलफल भएको जानकारी दिए । परियारले तत्काल पार्टीले कुनै निर्णय नलिएको र अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.