भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

विकास साझेदारहरुसँग अर्थमन्त्री महतले बजेटका विषयमा छलफल

विकास साझेदारहरुसँग अर्थमन्त्री महतले बजेटका विषयमा छलफल

काठमाडौं । नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आगामी आर्थिक वर्ष २०८० र ८१ को बजेटका विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफल गरेका छन् । छलफल क्रममा अर्थमन्त्री डा. महतले सरकारका आगामी दिनका प्राथमिकता, बजेटले लिने मार्ग दर्शन, सिद्धान्तका विषयमा जानकारी गराएका हुन । नेपाल सरकारले उपलब्ध साधन स्रोतको उच्चतम सदुपयोग गर्ने प्रतिबद्धता अर्थमन्त्री महतले व्यक्त गरेका थिए ।

छलफलमा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगम जस्ता बहुपक्षीय विकास साझेदार, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, जापान, कोरिया, स्विजरल्याण्ड, नर्वे, फिनल्याण्डलगायतका द्विपक्षीय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.